PahiloPost

Jun 24, 2021 | १० असार २०७८

मेस्सीसँग मेरो तुलना, यो हुनै सक्दैन: सुनिल क्षेत्री



पहिलोपोस्ट

मेस्सीसँग मेरो तुलना, यो हुनै सक्दैन: सुनिल क्षेत्री

विश्वकप क्वालिफायर्स अन्तर्गतकाे बंगलादेशविरूदकाे खेलमा दाेहाेराे गाेल गरेसँगै भारतीय फुटबल टाेलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गाेल संख्यामा अर्जेन्टिनी स्टार लियाेनल मेस्सीलाई उछिनेका छन्। उक्त गाेलसँगै सक्रिय खेलाडीमा सर्वाधिक गाेल गर्ने खेलाडीमा उनी दाेस्राे नम्बरमा पुगेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय गाेल गर्ने सक्रिय खेलाडीकाे सुचीमा पाेर्चुगिच स्टार क्रिस्टियानाे १०४ गाेलसहित शीर्षस्थानमा छन् भने ७४ गाेल गरेका क्षेत्री दाेस्राे नम्बरमा छन्। त्यस्तै ७२ गाेल गरेका लियाेनल मेस्सी चाैथाै स्थानमा छन्। तेस्राे नम्बरमा यूएईका ७३ गाेल गरेका अलि मबखाेउट छन्।

मेस्सीलाई पछि पारेसँगै एउटा कन्फ्रेन्समा क्षेत्रीले आफ्नाे तुलना मेस्सीसँग हुन नसक्ने प्रतिकृया दिएका छन्

'मेराे कुरा भनेकाे मेस्सी र म बीच तुलना हुन सक्दैन। अझ याे सूचीकाे काेहीसँग तुलना हुन सक्दैन। त्यहाँ हजार खेलाडी हाेलान् जसमा मसहित सबै मेस्सीकाे प्रशंशक हाै,' क्षेत्रीले भने, 'सत्य यही हाे, जसले फुटबल बुझ्छ उसलाई थाहा हुन्छ यहाँ तुलना गर्न मिल्दैन भनेर। यसमा मलाई गाैरव लाग्ने कुरा भनेकाे चाहिँ मैले मेराे देशका लागि सय भन्दा बढी खेल खेल्न पाएँ।'

सर्वकालिन सर्वाधिक गाेलकर्ताकाे सूचीमा इरानका अलि डाएइ छन्।  १०९ गाेल गरेका उनकाे कीर्तिमानकाे नजिक पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाे छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell