PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

मध्यरातदेखि मन्त्री दीपक मनाङे सम्पर्कविहीन, घरमा प्रहरी पुग्यो तर भेटेन



रिना थापा

मध्यरातदेखि मन्त्री दीपक मनाङे सम्पर्कविहीन, घरमा प्रहरी पुग्यो तर भेटेन

पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे मध्यरातदेखि सम्पर्क बिहीन भएका छन्।

आज गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री गुरुङलाई आफ्नो पद जोगाउन ६० जना प्रदेशसभा सदस्यमध्ये ३१ जनाको मत आवश्यक पर्छ। गुरुङले वैशाख १६ गते आफ्नो पद जोगाउन दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए।

तर, त्यसको १० दिनपछि मन्त्री मुख्यमन्त्री गुरुङले राजिनामा दिएर नयाँ प्रकृयाबाट मुख्यमन्त्री भए। त्यसपछि पनि आफ्नो पदको लागि दीपक मनाङेलाई नै मन्त्री बनाएका थिए। तर, दीपक मनाङेका निकट मानिएकाहरु भने दीपकलाई एमालेको करकापले मन्त्री हुन बाध्य बनाएको बताउँदै आएका थिए।

हराएपछि उनको निवासमा खोज्न प्रहरी पुगेको थियो। तर, उनीबारे जानकारी पाउन सकेको छैन।

दोहर्‍याएर मुख्यमन्त्री बनेका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान थियो। त्यसैले उनले आज दिउँसो विश्वासको मत लिँदैछन्। तर, मतदानको मुखैमा दीपक मनाङे भने सम्पर्क बिहीन भएका हुन्। उनले यसपटक मुख्यमन्त्रीलाई सहयोग नगर्न खोजेको देखिन्छ। दीपकले यस बिचमा विपक्षी गठबन्धनका नेताहरुसँग भेटघाट गरेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको उनका निकट मानिनेहरुले बताउँदै आएका छन्।

एमाले सचेतक मायानाथ अधिकारीले हिजो रातिदेखि सम्पर्क हुन नसकेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell