PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

विश्वासको मत मागे मुख्यमन्त्री गुरुङले, सम्पर्क बिहीन मन्त्री मनाङे बैठकमा अनुपस्थित 



रिना थापा

विश्वासको मत मागे मुख्यमन्त्री गुरुङले, सम्पर्क बिहीन मन्त्री मनाङे बैठकमा अनुपस्थित 

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन्। बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव कार्यसूची पेस गरिरहेका छन् । उनको सम्बोधन जारी छ। 

यसपछि गुरुङले सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। छलफल पछि विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ
प्रस्तुत हुनेछ।

त्यस्तै, चलिरहेको बैठकमा मन्त्री दिपक मनाङे अनुपस्थित छन्। गएराति देखि सम्पर्क बिहीन भएका मनाङे प्रदेश सभा बैठकमा पनि अनुपस्थित भएका हुन्। 

मन्त्री मनाङे मुख्यमन्त्री गुरुङको पक्षमा थिए। मनाङे सहित एमालेका २७ सांसद गरि मुख्यमन्त्री गुरुङको पक्षमा छन्। जनमोर्चाका सांसद कृष्ण थापा पनि पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीको पक्षमा उभिँदै आएका छन्। झिनो मतान्तरले सत्ता टिक्ने या ढल्ने सम्भावना रहेको अवस्थामा मनाङेको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

'प्रदेश सभा विघटनको दिशामा गएकाले सत्ता पक्षको साथ छाड्ने निधोमा पुगेका हुन्,' एक प्रदेशसभा सदस्यले भने, 'आफ्नो कारण संसद विघटनबाट जोगिन्छ भने गुरुङ सरकारलाई साथ नदिने मनाङेको निर्णय हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell