PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एकैछिन सरकारविरुद्ध चर्का नारा, एकैछिनमा घम्साघम्सी अनि पक्राउ

एकैछिन सरकारविरुद्ध चर्का नारा, एकैछिनमा घम्साघम्सी अनि पक्राउ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सोलिइयारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले आज विरोध प्रदर्शन गरेको छ। 'ओलीको डर्टी गेम, जनता मारी मार्सी प्रेम' जस्ता नारा लगाउँदै बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाएकोमा प्रदर्शन भएको हो।

चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप विरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीको कदमविरुद्ध पनि नारावाजी गरेका थिए। 'संविधान माथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाई' भन्दै नारा लगाएका थिए। 

केही बेर शान्त देखिए पनि प्रदर्शनमा प्रहरी पुगेपछि एकछिन घम्साघम्सी चल्यो र प्रहरीले प्रदर्शनकारीहरुलाई गिरफ्तार गर्‍यो। हेर्नुस् तिनै दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell