काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। वैशाख ३० गते संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री भई ७६ (५) अन्तर्गत नयाँ सरकार बन्न नसकेको भनेर प्रतिनिधिसभा विघटनपछि दुईपटक मन्त्रिपरिषद् विस्तार गरेर ओलीले पूर्णता दिएका हुन्।
वैशाख ३१ गते आफूसहित पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएर सपथ लिएका ओलीको क्याविनेटमा माओवादीबाट एमाले प्रवेश गरेका ७ मन्त्रीको पद सर्वोच्च अदालत खाइदियो। त्यसपछि जसपालाई सरकारमा ल्याएर ओलीले जेठ २१ गते मन्त्रिमण्डलमा व्यापक हेरफेर गरे।
जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्री गरेर १० मन्त्री दिए भने एमालेका मन्त्रीहरु हटाएर ६ जनामात्रै राखेर १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरे।
त्यसको ६ दिनपछि आज ८ जना मन्त्री थपेर २५ जनाको कोटा पुरा गरे। नेपालको संविधान २०७२ ले २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ।
थपिएका मन्त्रीमा गृहमा खगराज अधिकारी चयन भएका छन्। रामबहादुर थापा बादलकी पत्नी नैनकलालाई संचार मन्त्रालयको जिम्मेवारी मिलेको छ।
त्यसैगरी नारदमुनि रानालाई वन तथा वातावरण, ज्वालाकुमारी शाह कृषि, जनता समाजवादी पार्टी जसपाका राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी मिलेको छ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मन्त्रिपरिषदलाई पुनर्गठन गरिएको जनाइएको छ।
२५ जना कोटामा को को कुन मन्त्रालय सम्हालिरहेका छन् हेर्नुस् :
.jpg)
*यसअघि ७ जना भन्ने हुन गएकोमा सच्याइएको छ। - सं
