PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अलमुताइरीकाे अस्ट्रेलियाविरूद्ध राम्राे प्रदर्शनकाे लक्ष्य,नयाँ खेलाडीलाई प्राथमिकता दिने अस्ट्रेलियन प्रशिक्षककाे संकेत



पहिलोपोस्ट

अलमुताइरीकाे अस्ट्रेलियाविरूद्ध राम्राे प्रदर्शनकाे लक्ष्य,नयाँ खेलाडीलाई प्राथमिकता दिने अस्ट्रेलियन प्रशिक्षककाे संकेत

काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरूद्धकाे खेलमा नतिजा भन्दा पनि प्रदर्शन राम्रो बनाउनेमा केन्द्रित हुने बताएका छन्।

विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्न नेपाली टोली कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई २-० ले हराएको थियो भने जाेर्डनसँग ३-० ले पराजित भएको थियो। भोलि (शुक्रवार)  हुने खेलमा नेपालले समूह बी कै बलियो टोली अस्ट्रेलियासँग खेल्दै छ।

खेलको पूर्व सन्ध्यामा सम्पन्न खेलमा प्रेस कन्फ्रेन्समा अलमुताइरीले अस्ट्रेलियाविरुद्ध नतिजा भन्दा पनि राम्रो खेल प्रस्तुत गर्नेमा केन्द्रित हुने बताए।'आशा छ हामीले अस्ट्रेलियाविरुद्ध राम्रो खेल प्रस्तुत गर्नेछौ।हाम्रो खेल्ने शैलीमा धेरै विकास भएको छ।र समर्थकलाई खुसी पार्न सफल भएका छौँ,' अलमुताइरीले भने।

त्यस्तै अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाली टोलीले कडा मेहनत गरिरहेको बताउँदै नेपालविरुद्ध खेल्नका लागि आफ्नो टिममा केही परिवर्तन ल्याउने सङ्केत गरे। 'चार गोलकिपर सहित हामीसँग २९ खेलाडी छन्  मेरा लागि यो खेल राम्रो प्रदर्शन का लागि हुनेछ।'

नेपाल र अस्ट्रेलिया कुवेतस्थित जावेर अल अहमेद इन्टरनेसनल स्टेडियममा बेलुकी पौने दश बजे आमने सामने हुनेछन्।

यस अघि अस्ट्रेलियामा सप्रन्न खेल मा नेपाल अस्ट्रेलिया सँग ५-० ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell