PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मजदुरको हौसला बढाउन धरहराको टुप्पोमा केक काट्दा राजेश हमाल विवादमा



पहिलोपोस्ट

मजदुरको हौसला बढाउन धरहराको टुप्पोमा केक काट्दा राजेश हमाल विवादमा

वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। धरहरा निर्माणको काम नसकिएकाले सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन।

यसैबिच अभिनेता राजेश हमालले धरहराको टुप्पोमा पुगेर बुधवार ५७ औँ जन्मदिन मनाए। नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै केक काटे।

हमालले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा काटेका हुन्।

केक काट्नुको उद्देश्य राम्रो भए पनि कोभिडको बेला भिडभाड गरेर स्वास्थ्य मापदण्ड उल्लंघन गरेको, निषेधाज्ञा उल्लंघन गरि जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

फिल्मकर्मी तथा हमालका नजिकका साथी शिवराज कार्कीले फेसबुकमा भिडियो शेयर गर्दै लेखेका छन्, ‘धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउन महानायकज्यूले आफ्नो जन्मदिन धरहरामा केक काटेर मनाउँदै।’

अनुहारमा मास्क र फेसशिल्डसहित बिहानै मन्दिर दर्शन गरेपछि उनले एक सामाजिक संस्थामा गएर राहत समेत बाँडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell