PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

शीतल निवासमा यस्तो देखियो नवनियुक्त मन्त्रीहरुको शपथ, सभामुख अनुपस्थित

शीतल निवासमा यस्तो देखियो नवनियुक्त मन्त्रीहरुको शपथ, सभामुख अनुपस्थित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त ७ मन्त्री र एक जना राज्यमन्त्रीले सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा सपथ गराए।

राष्ट्रपतिबाट गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, वनमन्त्री नारदमुनि राना, कृषि मन्त्री ज्वालाकुमारी शाह, उद्योगमन्त्री राजकिशोर यादव, सामान्य प्रशासन मन्त्री गणेश पहाडी, विना विभागीय मन्त्री मोहन बानियाँले सपथ थिए। त्यसैगरी वनराज्यमन्त्री आशाकुमारी विकले प्रधानमन्त्रीबाट सपथ लिइन्।

सपथ समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभा अध्‍यक्ष गणेश तिम्ल्सिना, मन्त्रीहरु, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो। तर सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन भने अनुपस्थित रहे।

वैशाख ३० गते संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री भई ७६ (५) अन्तर्गत नयाँ सरकार बन्न नसकेको भनेर प्रतिनिधिसभा विघटनपछि दुईपटक मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्‍त्री ओलीले विहीवार मन्त्रिमण्डललाई पूर्णता दिएका छन्।

वैशाख ३१ गते आफूसहित पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएर सपथ लिएका ओलीको क्याविनेटमा माओवादीबाट एमाले प्रवेश गरेका ७ मन्त्रीको पद सर्वोच्च अदालत खाइदियो। त्यसपछि जसपालाई सरकारमा ल्याएर ओलीले जेठ २१ गते मन्त्रिमण्डलमा व्यापक हेरफेर गरे। जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्री गरेर १० मन्त्री दिए भने एमालेका मन्त्रीहरु हटाएर ६ जनामात्रै राखेर १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरे। त्‍यसको ६ दिनपछि आज ८ जना मन्त्री थपेर २५ जनाको कोटा पुरा गरे। नेपालको संविधान २०७२ ले २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell