PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

गण्डकीमा मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो गुरुङको सरकार



रिना थापा

गण्डकीमा मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो गुरुङको सरकार

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन्। प्रदेश सभामा बिहीबार भएको मतदानमा गुरुङले २७ मतमात्र पाए। 

सभामा मतदानमा उपस्थित ५८ सदस्यमध्ये गुरुङले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्षमा २७ मत पर्‍यो। विपक्षमा ३० मत रह्यो। एक जना तटस्थ रहे। जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका हुन्। 

प्रदेश सभाको तत्काल कायम रहेको संख्याको आधारमा उक्त संख्या आवश्यक बहुमत नरहेसँगै सभामुखले प्रस्ताव असफल भएको घोषणा गरे। 
विश्वासको मत नपाएसँगै गुरुङ स्वतः पदमुक्त भएका छन्। सरकार कामचलाउमा परिणत भएको छ। 

अब सरकार गठनका लागि संविधानको धारा १६८ को प्रक्रिया पुनः प्रारम्भ हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell