PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दीपकराज गिरी भन्छन्, ‘नेपालको राजनीतिमा एमालेभन्दा जसपा मालमाल’



पहिलोपोस्ट

दीपकराज गिरी भन्छन्, ‘नेपालको राजनीतिमा एमालेभन्दा जसपा मालमाल’

काठमाडौं : कलाकार दीपकराज गिरीले राजनीतिमा एमालेभन्दा जसपा त्यसमा पनि पूर्व राजपा मालामाल भएको बताएका छन्। संसद विघटन भएपछि बैशाख ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीमण्डल गठन गरे।

जेठ २१ मा उनले फेरि मन्त्रीमण्डल हेरफेर गरे। जसमा जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्री गरेर १० मन्त्री पद दिए। एमालेका मन्त्रीहरु हटाएर ६ जनामात्रै राखेर १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरे।

फेरि आज प्रधानमन्त्रीले ८ जना मन्त्री थपेर २५ जनाको कोटा पूरा गरेका छन्। नेपालको संविधान २०७२ ले २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ।

२५ जना मन्त्रीमध्ये ११ जना मात्रै जसपाका मन्त्री छन्। यसै विषयमा दीपकले फेसबुकमा स्टाट्स लेख्दै नेपालको राजनीतिमा एमालेभन्दा जसपा मालामाल रहेको अभिव्यक्ति दिएका हुन्। 

उनले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, ‘हाम्रो नेपालमा किशान भन्दा बिचौलिया मालामाल, शेयर बजार तिर हेर्‍यो बैंक भन्दा फाइनान्स मालामाल र राजनीतिमा हेर्‍यो एमाले भन्दा राजपा मालामाल। जताततै उल्टो।’

राजनीतिक तथा समसामयिक विषयवस्तुमाथि उनी खुलेर सामाजिक सञ्जालमा विचार राख्ने गर्दछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell