PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं : काठमाडौं महानगरपालिकामा सञ्चालित कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। महानगरपालिकाले १ देखि ३२ वडासम्म सञ्चालनमा रहेको खोप कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जानकारी दिएको छ।

गत जेठ २५ बाट जेठ २९ गते सम्मको लागि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलगायतलाई भेरोसिल खोप दिने कार्यक्रम सञ्चालनमा थियो। तर, स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खोप संख्या सकिएको सूचना प्राप्त भएकोले शुक्रवारबाट खोप कार्यक्रम स्थगित भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell