PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कर्णालीका चार सांसदको पुनर्बहालीः सर्वोच्चले भन्यो, ‘केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही महाधिवेशन आयोजक कमिटीबाट भयो’



पहिलोपोस्ट

कर्णालीका चार सांसदको पुनर्बहालीः सर्वोच्चले भन्यो, ‘केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही महाधिवेशन आयोजक कमिटीबाट भयो’

काठमाडौंः सर्वोच्च अदालतले पार्टी ह्विप उल्लङ्घनको कारबाहीमा परेर सांसद पद गुमाएका कर्णाली प्रदेश सभाका चार सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारबाही प्रक्रियामा प्रश्न उठाउँदै चार सदस्यलाई सांसदका रुपमा यथावत काम गर्न दिन आदेश जारी गरेको हो। 

अदालतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसदकै रुपमा काम कारबाही गर्न दिन आदेश गरेको छ। 

अदालतले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार कारबाही पार्टी केन्द्रीय कमिटीबाट हुनुपर्नेमा एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण नसोधेको पनि आदेशमा उल्लेख गरेको छ। कारबाही महाधिवेशन आयोजक कमिटीको निर्णयबाट गरिनु राजनीतिक दलसम्बन्धी ऐन प्रतिकूल हुने अदालतको ठहर छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell