PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सम्पर्कविहीन दीपक मनाङे लेकसाइडको रिसोर्टमा भेटिए



पहिलोपोस्ट

सम्पर्कविहीन दीपक मनाङे लेकसाइडको रिसोर्टमा भेटिए
फाइल फोटो

पोखराः गएरातिदेखि सम्पर्कविहीन भएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भेटिएका छन्। पोखरा लेकसाइडको खहरेस्थित वरपिपल रिसोर्टमा गुरुङलाई फेला पारिएको प्रहरी स्रोतले बतायो।

रातिदेखि सम्पर्कविहीन भएका मनाङेलाई खोज्न कास्की प्रहरीले छापा मारेको थियो। मनाङेले प्रहरीलाई आफू इच्छाले होटलमा आएर बसेको बताएका छन्।

मनाङेलाई खोजी गर्न प्रहरीले लेकसाइडकै रिसोर्टहरुमा छापा मारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell