PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

स्वतः पदमुक्त भइसकेका मनाङेले मुख्यमन्त्रीलाई बुझाए मन्त्री पदको राजीनामा



पहिलोपोस्ट

स्वतः पदमुक्त भइसकेका मनाङेले मुख्यमन्त्रीलाई बुझाए मन्त्री पदको राजीनामा
फाइल फोटो

पोखराः गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीबाट स्वतः पदमुक्त भइसकेका राजीव गुरुङ (दीपक मनाङ) ले राजीनामा दिएका छन्। पदमुक्त भइसकेका मनाङेले कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री पदको राजीनामा बुझाएका हुन्। 

विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै मन्त्रिपरिषदका अन्य सदस्यहरु पनि स्वतः पदमुक्त भइसकेका छन्। संविधानको धारा १६९(२) मा मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके मन्त्रीको पद समेत स्वतः रिक्त हुने व्यवस्था छ।

मनाङेले प्रदेश सभालाई जीवित राख्न विपक्षी गठबन्धनमा आफू लाग्ने जानकारी पनि मुख्यमन्त्रीलाई दिएका छन्। विपक्षी गठबन्धनमा सामेल हुने उदेश्यले नै बिहीबारको मतदान प्रक्रियामा आफू उपस्थित नभएको जानकारी पनि उनले मुख्यमन्त्रीलाई दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell