PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

'सरकार सेवक हो, मालिक होइन' भन्दै उत्रिनेलाई प्रहरीले समात्यो, मेडिकल कलेजलाई सम्बन्धनको विषयले आन्दोलन

'सरकार सेवक हो, मालिक होइन' भन्दै उत्रिनेलाई प्रहरीले समात्यो, मेडिकल कलेजलाई सम्बन्धनको विषयले आन्दोलन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शक्तिको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै नागरिक अभियन्ता विरोधमा उत्रिएका छन्। विरोधमा उत्रिएका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

'स्वास्थ्य सेवा हो, व्यापार होइन। सरकार सेवक हो, मालिक होइन' लेखिएको प्ले कार्ड सहित सडकमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हिजो पनि यसैगरी सडक आन्दोलनमा उत्रिएकाहरु पक्राउ परेका थिए। 

अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, भावना रावत, निर्घ नविन, शशीविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने लगायतका छन्। 

विवेकशील साझाले पनि यसैगरी आज प्रदर्शन गरेको हो। उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell