PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

जनमोर्चा सांसद कृष्ण थापालाई फेरि कारवाही 



रिना थापा

जनमोर्चा सांसद कृष्ण थापालाई फेरि कारवाही 

पोखरा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टीले फेरि कारवाही गरेको छ। आज प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले  थापालाई कारवाही गरिएको पत्र पढेर सुनाएका छन्। थापालाई जनमोर्चाले कारवाही गरेको पत्र सभामुखले पढेर सुनाएका हुन्। 

यसअघि पनि पार्टीको निर्णय विपरीत गएको भन्दै उनलाई कारवाही गरिएको थियो। अहिले पनि पार्टीले जारी गरेको ह्विप पालना नगरेको भनेर कारवाहीमा परेका हुन्। पार्टीले पृथ्वी सुब्बा गुरुङको विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गरेको थियो। तर, उनी तटस्थ बसे।

तटस्थ बसेका उनले बिहीवार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आफुलाई ह्विपबारे थाहा नभएको बताएका थिए। आफूमाथि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले थप कारवाही हुन नसक्ने उनको जिकिर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell