PahiloPost

May 15, 2025 | २ जेठ २०८२

सभामुखले बोलाएको बैठकमा सहभागी हुन नेताहरु संसद भवनमा, एमालेबाट कोही गएनन्

सभामुखले बोलाएको बैठकमा सहभागी हुन नेताहरु संसद भवनमा, एमालेबाट कोही गएनन्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी हुन दलका नेताहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन्।

सापकोटाले प्रतिनिधिसभा विघटन लगायत समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन्।

बैठकमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई पुगेका छन्। त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि पुगेका छन्।

नेमकिपाका सांसद प्रेम सुवाल र राप्रपाका दीपक बोहरा पनि पुगेका छन्। तर जसपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल भने उपस्थित छैनन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले संस्थापन पक्षका कुनै नेता सहभागी छैनन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्र चन्द पनि उपस्थित छैनन्। बैठक चलिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell