जनकपुरधामः धनुषामामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ।
मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा रहेको हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको हो। ९ फिट गहिरो रहेको पोखरीमा पौडी खेल्ने क्रममा पल्टु यादवको १२ वर्षिया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षिया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षिया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरको नातिनी १२ वर्षिया चाँदनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षिय छोरी ललिता साह तेलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिए। यता जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा रहेको एसपी रानाभाटले जानकारी दिए।
