PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

२ हजार रुपैयाँ तिरेर गणेश लामा रिहा, भने : पार्टीका नेताले पठाउनु भएको हो तर सरकारले अलोकतान्त्रिक कदम चाल्यो



पहिलोपोस्ट

२ हजार रुपैयाँ तिरेर गणेश लामा रिहा, भने : पार्टीका नेताले पठाउनु भएको हो तर सरकारले अलोकतान्त्रिक कदम चाल्यो

पोखरा : नेपाली कांग्रेसका युवा नेता गणेश लामा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले नेता लामालाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्।

लामालाई बिहीवार दिउँसो पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिएको हो। रिहा भएपछि लामाले आफुलाई नियन्त्रणमा लिनु अलोकतान्त्रिक कदम भनेका छन्। 

'आफू सिध्धिने बेलामा जनतालाई सुख सुविधा दिन सकेन। अहिले भ्रमको खेती गरिरहेको छ। नहुने चुनावको प्रचार गरिरहेको छ। जनता यहाँ कोभिडबाट मारमा छन्। ती चिजहरुलाई छोपछाप गर्न यस्ता कदमहरु चालिरहेको छ,' उनले भने।

प्रहरीले निषेधाज्ञा उल्लङ्घ गरेको भन्दै उनलाई पक्राउ गर्नुको कारण दिएको थियो। तर, नेता लामाले आफूले सीडीओ कार्यालयबाट पास लिएर आएको बताएका छन्। त्यस्तै, उनलाई पार्टीका नेताले नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले लिने विश्वासको मत लिने प्रकृयामा सहयोग गर्न पठाएको दावी गरेका छन्। 'गण्डकी प्रदेशमा गएर हाम्रो पार्टीका नेता कृष्ण केसीलाई भेटेर त्यहाँ पार्टीका साथीहरुलाई सहयोग गर्नुहोस् भनेर पठाउनु भएको थियो,' नेता लामाले भने।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला काठमाडौंबाट पोखरा आइपुगेका उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए। लामा पोखरा आउनुलाई राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको थियो।

कांग्रेसबाट चुनावसमेत लडेका लामाको विगतमा ‘गुन्डा’को छवि छ। उनलाई दुई हजार रुपैयाँ तिराएर छोडिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell