PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

गण्डकीमा २४ घण्टाभित्र सरकार बनाउन आह्वान, विपक्षी गठबन्धन तयारी अवस्थामा



रिना थापा

गण्डकीमा २४ घण्टाभित्र सरकार बनाउन आह्वान, विपक्षी गठबन्धन तयारी अवस्थामा

पोखरा : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र सरकार गठनको लागि आह्वान गरेकी छिन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेशमा वैकल्पिक सरकार गठनका लागि आह्वान भएको हो। 

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा प्रदेश प्रमुखले दलहरुलाई वैकल्पिक सरकार गठन गर्नका लागि शनिवार दिउँसो ३ बजेसम्मको समयावधी दिएकी छन्। 

संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान प्रदेश प्रमुखबाट भएको हो।

विपक्षी गठबन्धन तम्तयार अवस्थामा
नयाँ सरकार गठनको दाबी सहित केही बेरपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन्।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका (सभामुखबाहेक) ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन्। काङ्ग्रेसका एक सांसदका अनुसार ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय जाने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell