PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सर्वोच्चले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणमा रोक लगाएपछि धनुषामा प्रदर्शन



पहिलोपोस्ट

सर्वोच्चले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणमा रोक लगाएपछि धनुषामा प्रदर्शन

जनकपुरधाम : सर्वोच्च अदालतले नागरिकता संशोधन अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरणमा रोक लगाएपछि युवाहरुले धनुषाको ढल्केवरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता पाउनबाट बञ्चित रहेका युवाहरुको सहभागिता रहेको थियो। उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरुले ‘जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर, जन्मसिद्धका सन्तानलाई नागरिकता दे, गैरनागरिक बनाउन पाइँदैन, देशका असल नागरिकको पहिचान गर, संविधान संशोधन छिटो गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।

ढल्केवरको खानेपानी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शन ढल्केवरको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै ईन्द्रजीत साफीले संविधान जारी भएको ५ वर्ष बित्दा पनि जन्मसिद्ध तथा जन्मको आधारमा नेपालीले नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहँदा निकै पीडादायी अवस्थाबाट गुज्रिनु परेको बताए।

उनले नागरिकता प्राप्त गर्न नसक्दा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भएर बस्नु परेको बताए। उनले डाक्टर, इन्जिनियर लगायतका शिक्षा प्राप्त गर्न नागरिकता चाहिने, बैंक खाता खोल्दा नागरिकता, मोटरसाइकलको लागि लाइसेन्स, घरजग्गा खरिदविक्री गर्दा समेत नागरिकताको आवश्यकता हुँदासमेत आफूहरुलाई लामो समयदेखि सरकारले बेवास्ता गर्दै नागरिकता नदिई अनागरिक बनाएको गुनासो गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell