PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा पोखरेलद्वारा सरकार गठनको दाबी पेश



पहिलोपोस्ट

दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा पोखरेलद्वारा सरकार गठनको दाबी पेश

पोखरा : गण्डकी प्रदेशमा सरकार गठनको नेपाली कांग्रेसका प्रदेशसभा सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको समर्थन सहित दाबी पेश गरेका छन्। 

विपक्षी गठबन्धनका ३१ जना सांसदसहित पोखरेलले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई दाबी पेश गरेका हुन्। 

पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नेहरुमा नेपाली कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका २ जना र जनता समाजवादी पार्टी नेपालका २ जना सांसद रहेका छन्। यस्तै, स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) ले पनि पोखरेललाई समर्थन जनाएका छन्। 

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएपछि गुरुङ सरकार ढलेको थियो। प्रदेश प्रमुखले दलहरुलाई वैकल्पिक सरकार गठन गर्नका शुक्रवार आह्वान गरेकी थिइन्। उनले शनिवार दिउँसो ३ बजेसम्मको सरकारमा दाबी गर्न समयावधी दिएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell