PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकीमा सरकार बन्नेमा विपक्षी गठबन्धन विश्वस्त, प्रदेश प्रमुखको जवाफ, 'अध्‍ययन गरेर बोलाउँछु'



पहिलोपोस्ट

गण्डकीमा सरकार बन्नेमा विपक्षी गठबन्धन विश्वस्त, प्रदेश प्रमुखको जवाफ, 'अध्‍ययन गरेर बोलाउँछु'

पोखराः गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएका विपक्षी आफ्नो सरकार बन्नेमा विश्वस्त छन्। कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि विपक्षी गठबन्धनका ३१ सांसद बहुमतको दाबीसहित सशरीर प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएर हस्ताक्षर बुझाएका थिए।

बहुमतको दाबी पेस गरेपछि मुख्यमन्त्रीका दाबेदार कृष्णचन्द्र नेपालीले आफ्नो नेतृत्वमा सरकार बन्नेमा विश्वस्त रहेको बताए।

नेपालीका अनुसार विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख सीता पौडलले दाबी अध्ययन गरेर बोलाउने बताएकी छिन्। 

'प्रदेश प्रमुखले भोलि ३ बजेसम्म म हेर्छु अध्ययन गर्छु अनि अगाडि बढ्छु भनेर भन्नुभएको छ,' सांसद नेपालीले भने।

उनले असार १ गते संविधान अनुसार बजेट ल्याउने र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले नियुक्ति तथा शपथका कार्यक्रम छिटो गर्नुपर्ने बताएका छन्। 

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए। गुरुङ पदमुक्त भएसँगै शुक्रबार प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(५) अनुसारको प्रक्रिया प्रारम्भ गरेकी थिइन्।

आह्वानको केही घण्टामै विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको हो।

नेपाली मुख्यमन्त्री नियुक्त भएमा उनले पनि ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell