PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

यस्तो छ अस्ट्रेलियाविरुद्ध उत्रने नेपाली टिमको सुरुवाती ११



पहिलोपोस्ट

यस्तो छ अस्ट्रेलियाविरुद्ध उत्रने नेपाली टिमको सुरुवाती ११

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ। बेलुकी पौने १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।

जोर्डनसँग खेलेको टिमभन्दा अस्ट्रेलियाविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक सुरुवाती ११ बनाएका छन्। जसमा एरिक बिष्ट, विशाल राई, गौतम श्रेष्ठ र नवयुग श्रेष्ठले सुरुवाती सेटमा स्थान बनाएका छन्। अघिल्लो सेटबाट अन्जन बिष्ट, अभिशेक रिजाल, दीनेश राजबंशी र सन्तोष तामाङ बेन्चमा रहेका छन्।

समूह बी मा आफूले खेलेको सबै खेलमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियासँग चाइनिज ताइपेइसँगको दुई खेलमा जित र अन्य खेलमा पराजय ब्यहोर्दै तालिकाको चौथो स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्नेछ।

फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।

आज हुने खेलमा नेपाल र अष्ट्रेलिया कुवेतस्थित जावेर अल अहमेद इन्टरनेसनल स्टेडियममा बेलुकी पौने दश बजे आमने सामने हुनेछन्।

यस्तो छ नेपालको सुरुवाती ११



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell