PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पहिलो हाफमा नेपाल २ गोलले पछाडि, रोहितलाई रेडकार्ड



पहिलोपोस्ट

पहिलो हाफमा नेपाल २ गोलले पछाडि, रोहितलाई रेडकार्ड
फाइलफोटो: कुवेत एफए

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह 'बी' को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा पहिलो हाफ सकिँदा अस्ट्रेलियाले दुई गोलको अग्रता बनाएको छ।

खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन। पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा रहेका अस्ट्रेलियन खेलाडीलाई फउल गरेपछि रेडकार्ड खाँदै नेपालका रोहित चन्द बाहिरिए। योसँग १० खेलाडीमा सीमित नेपाललाई दोस्रो हाफमा कठिन पर्ने देखिएको छ।

फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell