PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'गोर्खाली' को बिम्ब प्रयोग गर्दै अलमुताइरीले भने: खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु



पहिलोपोस्ट

'गोर्खाली' को बिम्ब प्रयोग गर्दै अलमुताइरीले भने: खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह बी को खेलमा नेपाल पराजित भएसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीको आजको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिकृया दिएका छन्। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएसँगै अलमुताइरीले 'गोर्खालीले अन्तिमसम्म' फाइट गरेको प्रतिकृया दिए।

उनले अस्ट्रेलियालाई फिजिकल फ्याक्टरले साथ दिएको भन्दै नेपाली खेलाडीले काउन्टर अट्याकको प्रयास गरेको बताए। त्यसमा मनिषले राम्रो प्रयास गरेको उनले बताए।

'म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु,' उनले भने, 'गोर्खाली यो हाम्रो उपनाम हो नेपालीको। गोर्खाली हो त्यसैले खेलाडीले गोर्खाली जसरी खेले।'

अलमुताइरीले अगाडि भने : हरेकले अन्तिम मिनेटसम्म नेपालका लागि खेले।

खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन।पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा रहेका अस्ट्रेलियन खेलाडीलाई फउल गरेपछि रोहित चन्द रेडकार्ड खाँदै बाहिरिएका थिए।

पहिलो हाफमा दुई गोलले अघि रहेको अस्ट्रेलियाका लागि तेस्रो गोल खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले गरेका थिए।

फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।

जितसँगै अस्ट्रेलियाले सात खेलबाट २१ अंक निकाल्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको छ। नेपालले भने ८ खेलबाट ६ अंक जोड्दै समूहको चौथो स्थानमा समेटियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell