PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

युरो कपमा आज तीन खेल



पहिलोपोस्ट

युरो कपमा आज तीन खेल

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछ। आज हुने पहिलो खेलमा समूह ए का वेल्स र स्वीजरल्याण्ड बेलुकी ६: ४५ मा अजेबैजानको बाकु इन्टरनेशनल स्टेडियममा आमनेसामने हुनेछन्। यसअघि उद्घाटन खेलमा समूह ए कै टर्कीलाई इटलीले हराएको थियो। समूह ए मा इटली, टर्की, वेल्स र स्वीजरल्याण्ड रहेका छन्।

त्यस्तै अर्को खेलमा ९: ४५ बजे डेनमार्क र फिनल्याण्ड प्रतिस्पर्धामा उत्रनेछन्। डेनमार्कको पार्केन स्टेडियममा हुने यो खेलमा समूह बी का यी टोली प्रतिस्पर्धा उत्रने छन्।

तेस्रो खेलमा पौने एकबजे क्रिस्टोभ्स्की स्टेडियममा सुरु हुने खेलमा बेल्जियमलाई रसियाले चुनौती दिनेछ। समूह बी मा डेनमार्क, फिनल्याण्ड, बेल्जियम र रसिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell