PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेटौंडामा युवा संघले जलायो कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर



निशा गुरुङ

हेटौंडामा युवा संघले जलायो कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर

हेटौंडा : हेटौंडामा वाग्मती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ना मनै लिएर विवादास्पद अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ। शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू, अनेमासंघ, मदन भण्डारी स्पोर्ट्स् एकेडेमीका विद्यार्थीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो।

वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीला लागि आफू 'नाथुराम गोड्से' बन्न तयार रहेको बताएका थिए। कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ ।

प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्न एमालेले माग गरेको छ। वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए। १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए। वाग्मती प्रदेशसभमा भवन वरिपरि अहिले बाक्लो रुपमा सुरक्षाकमर्मी खटाईएको  । नेपाल प्रहरीको ठुलो टोलीले प्रदेशसभा भवनमा सुरक्षा दिईरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell