PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरियो : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली



रिना थापा

फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरियो : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली

पोखरा : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपालीले केन्द्रीय सरकारको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्नु अघि उनले भने, 'केन्द्रीय सरकारको डुब्लिकेट यहाँ भएको छ, त्यसको घोर भत्सर्ना गर्छौं।'
उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले फेक डकुमेन्ट पेश गरेको पनि आरोप लगाए। 

'हामीले दर्ता गरायौं। सनाखत गरायौं। अहिले पनि हामी तयार छौं। यति हुँदाहुँदै पनि 'अन्धेरी नगरी चौपट राजा' गर्ने अवस्था हो भने निर्लज्जता, राजनीतिक बेइमानी, अलोकतन्त्रिक र असंवैधानिक अधिनायकवादी शैली हो भन्नुपर्छ,' उनले भने।

उनले संवैधानिक प्रकृयालाई 'काइते' ढंगले, फेक डकुमेन्टका आधारमा नयाँ  कोर्सलाई अगाडि बढाउन खोजिएको भन्दै त्यसको प्रतिकार गर्ने जनाएका छन्। 'हामी चार दल र एक स्वतन्त्र सांसदसहित हामीलाई सरकार बनाउन दिनुपर्छ भन्ने हो। भित्र गएर त्यही भन्छौ,' उनले भने। 

त्यसो नभएमा आगामी दिनमा हामी वैधानिक र कानुनी बाटोबाट अगाडि बढ्ने उनको भनाइ थियो।

आफूलाई समर्थन गर्ने टिम सहित उनी प्रदेश प्रमुखकको कार्यालय पुगेका हुन्।  

'पृथ्वी सुब्बा गुरुङ जो अस्ति रोस्टममा गएर कबुल गरेर मैले सकिन भनेका थिए। नक्कली जनता समाजवादी पार्टीको नाममा चिठी आयो भनेको सुनियो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell