PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पाँच पूर्व प्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए



पहिलोपोस्ट

पाँच पूर्व प्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए

काठमाडौं: पाँच जना पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै शनिबार उनीहरुले यस्तो आरोप लगाएका हुन्।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा ओलीले मनपरी ढंगले मन्त्रिपरिषद्  विस्तार गरेर सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको आरोप छ।

'मन्त्रिपरिषद्को मनपरी किसिमले पटक-पटक विस्तार गर्ने, यसरी विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने काम भएका छन्', विज्ञप्तिमा भनिएको छ। 

यस्तै, ओलीले महान्यायाधिवक्तामार्फत अदालतलाई धम्काएको पूर्व प्रधानमन्त्रीको आरोप छ।

'सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका छन् । हामी यस्ता कार्यहरुको भर्त्सना गर्दछौँ,' विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell