PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेपालको उच्च शिक्षा सुधारका लागि विश्व बैंकबाट सात अर्ब बराबरको सहयोग गर्ने



पहिलोपोस्ट

नेपालको उच्च शिक्षा सुधारका लागि विश्व बैंकबाट सात अर्ब बराबरको सहयोग गर्ने

काठमाडौं : नेपालको उच्च शिक्षा सुदृढ पार्नका लागि विश्व बैंकले ६० मिलियन डलर (हालको विनिमय दर अनुसार सात अर्ब १ करोड ९४ लाख ८७ हजार)  बराबरको सहयोग गर्ने भएको छ।

शुक्रवार बसेको बैंकको कार्यकारी निर्देशकहरुको बोडको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर बढाउन तथा अनलाईन शिकाई तथा शैक्षिक संस्थामा शिक्षाबाट वञ्चित समुदायका विद्यार्थीहरुको पहुँच बढाउनका लागि सो बराबरको रकम सहयोग गर्ने निर्णय गरेको वक्त्वयमा उल्लेख छ।

'कोभिड-१९ पान्डेमिकले मानव पुजी विकासको निर्माण तथा प्राथमिकताको महत्त्वलाई पुष्टि गरेको छ,' बैंकका मालदिभ्स, नेपाल र श्रीलंक हेर्ने निर्देशक फारिस हदद जर्भोसले भनेका छन्, ' उच्चा शिक्षाको गुणस्तर बढाउँदै श्रम बजारको माग बमोजिम विद्यार्थीहरुलाई सिप विकासमा सहयोग गर्दा नेपालको कोभिड-१९ पछिको पुनर्उथ्थान र यसको चलायमानलाई सुदृढ गराउनका लागि सहयोग पुग्नेछ।'

विश्व बैंकले उच्च शिक्षा सुधारका लागि नतिजा उन्मउक उच्च शिक्षा सम्बन्धी विकास कार्यक्रम चलाउने छ। नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउने यो कार्यक्रमले श्रम बजारको माग बमोजिम अनुसन्धान र व्यवसायीक शिक्षालाई योग दान गर्ने छ।

कोभिड-१९ पाण्डेमिकले अनलाइन शिक्षालाई बढाएको भन्दै यो कार्यक्रमले देशभरका विश्वविद्यालयलाई सहयोग गर्ने जनाएको छ। यो कार्यक्रमले शिक्षाको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरु तथा कोभिड-१९का कारण समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रमका टिम लिडर मोहन अर्यालले जानकारी दिएका छन्।

विश्व बैंकले यो कार्यक्रमका लागि अर्यालसहित शिरो नाकाटा, ताजिन फसिहलाई टिम लिडर बनाएको छ। यो कार्यक्रम अनुसार लक्षित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell