PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश सरकारले १/१ लाख रुपैयाँ राहत दिने



पहिलोपोस्ट

पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश सरकारले १/१ लाख रुपैयाँ राहत दिने

जनकपुरधाम : शुक्रवार पोखरीमा डुबेर मृत्यु भएका धनुषाका ५ जना बालिकाहरुको परिवारलाई प्रदेश २ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको स्थानीय हुलाश यादवको पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाहरुको परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।

शुक्रवार पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो। मन्त्री यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटेका छन्।

मृतकका परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन्। घटनास्थल मन्त्री यादवकै निर्वाचन क्षेत्रमा पर्छ। मृतक पाँचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell