पोखराः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केहीबेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। आज साँझ ७३० बजे उनले शपथ लिन लागेका हुन्।
प्रदेश प्रमुख समक्ष उनले शपथ लिनेछन्।
नवनियुक्त मुख्यमन्त्रीसँगै चार जनाले मन्त्रीले पनि शपथ लिने तयारी छ।
कांग्रेसबाट कुमार खड्का, नेकपा (माओवादी केन्द्र) बाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले शपथ लिँदै छन्।
