PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बाले दिए बधाई



पहिलोपोस्ट

नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बाले दिए बधाई

काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन्। विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि गुरुङले टेलिफोनमार्फत बधाई दिएका हुन्।

'मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। तपाईंको कार्यकाललाई एकदम शुभकामना छ,' संवादमा गुरुङले भनेका छन्। 

गुरुङले बिहीबार प्रदेश सभामा विश्वासको मत पाउन सकेनन्। गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। गुरुङले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।

कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी नेपालका २  तथा स्वतन्त्र सदस्य राजीव गुरुङसमेत ३१ जनाको समर्थनमा नेपालीले मुख्यमन्त्रीको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell