PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बलिउडमा सुन्दरताको अर्थ के?



पहिलोपोस्ट

बलिउडमा सुन्दरताको अर्थ के?

भारतमा प्रत्येक वर्ष सयौँ फिल्महरू निर्माण हुन्छन्। जसमा २.१ अरब डलर फिल्ममाथि नै खर्च हुन्छ। जुन फिल्मलाई भारतीय दशकले रुचाउन्छन्। फ्यानहरूले बलिउड कलाकारहरूको राम्रो स्वास्थ्यको कामना गर्छन्। यतिमात्र होइन केहिले त मन्दिर निर्माण गर्नुका साथै कलाकारकै नाममा रगतदान समेत गर्छन्।

तर बितेको वर्षहरूमा बलिउड उद्योगमा प्रतिरोधी विचारहरू, महिला विरोधी भावना, रंगभेद र महिला विरोधि भेदभाव को लागि भने आलोचना गरिएको छ। तर सामाजिक भेदभाव विषयमा फिल्म उद्योगमा यसको प्रयोग कसरी गरिएको छ भन्ने अध्ययन भने हुन सकेको छैन।

अमेरिकाको कार्नेजी मेलन युनिर्भसिटीका कुनाल खादिलकर र आशिकुर खुदाबख्श यसबारेमा खोज गर्न चाहे। त्यसैले उनीहरूले सन् १९५० देखि २०२० सम्मको अध्ययन गरे। जहाँ ७ दशकमध्ये हरेक एक दशकका सय हिट फिल्महरूको अध्ययन गरिएको थियो।

फिल्ममा संवादहरू कसरी परिवर्तन भइरहेका छन् भनि जान्न उनीहरूले यी फिल्महररुको सबटाइटल लेखेर सफ्टवेयरमा अपलोड गरे।

खुदाबख्श फिल्मलाई समाजमा रहेको भेदभाव देखाउने ऐना मान्छन्। जसले सबैको जीवनमा निकै असर गर्छ। त्यसैले खुदाबख्श र खादिलकरले भारतीय फिल्मका साथै हलिउडका ७ सय फिल्म र अस्करमा नामांकित विदेशी फिल्मको विधामा रहेका चर्चित २ सय फिल्महरूलाई आफ्नो अध्ययनमा समावेश गरे।

जुन अध्ययनको नतिजामा उनिहरूले बलिउडसँगै हलिउडमा समेत भेदभाव रहेको पत्ता लगाए। तर ७० वर्षको अन्तरालमा भेदभाव भने बिस्तारै कम हुँदै गइरहेको छ।

सुन्दरताको मतलब गोरोपन

के बलिउडमा छोरालाई प्राथमिकता दिने सोच र दाइजोसम्बन्धित विषयमा परिवर्तन आएको छ भनि प्रश्न गरिएको थियो। जुन प्रश्नको जवाफमा समयसँगै कमी आएको देखिएको छ।

खुदाबख्शका अनुसार '१९५० देखि ६० को दशकमा फिल्ममा जन्म लिने ७४ गोरा बच्चा केटा नै थिए। २००० सम्म आइपुग्दा संख्या घटेर ५४ पुगेको थियो। जुन समयमा लैङ्गिक असमानता भएपनि संख्या भने घटेको थियो।

भारतमा छोराको इच्छा दाउजोको कारणले धेरै हुने गर्छ। भारतमा दाइजोसम्बन्धि कानुन बनाए पनि अझै पनि घट्न सकेको छैन। जसले गर्दा हरेक वर्ष बुहारीहरूको हत्या हुने उनको भनाई छ।

खुदाबख्श 'तथ्याङ्कलाई हेर्दा पुराना फिल्ममा दाइजो लगायत पैसा, ऋण, गहना र उधारो जस्ता शब्दहरू प्रयोग गरिएका छन्। जुन दाइजोसँग सम्बन्धित छन्। तर आधुनिक फिल्ममा भने हिम्मत र अस्विकार जस्ता शब्द प्रयोग हुन्छन्। साथै यी फिल्महरूमा दाइजो प्रथा पालना नगर्नुका लागि सम्बन्धबिच्छेद र तनाबजस्ता शब्द प्रयोग गरिन्छन्।

साथै उनीहरूले एक सुन्दर महिलाको छाला कस्तो हुनुपर्छ भनेर समेत प्रश्न सोधेका थिए। जुन प्रश्नको जवाफमा धैरै गोरो नै आएको थियो। त्यसैले अध्ययनको अनुसार बलिउडमा सुन्दरताको मतलब नै गोरो छालालाई मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell