PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तथ्यांकमा कोभिड-१९ नेपाल : प्रति १० लाख २८७ जनाको मृत्यु, कहाँ कति छन् सक्रिय संक्रमित?



विधुर ढकाल

तथ्यांकमा कोभिड-१९ नेपाल :  प्रति १० लाख २८७ जनाको मृत्यु, कहाँ कति छन् सक्रिय संक्रमित?

काठमाडौं : नेपालमा हालसम्ममा ६ लाख २६ हजार ५३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म आरटी-पीसीआर विधिबाट गरिएको ३२ लाख ७ हजार २०८ नमुना परीक्षणका क्रममा ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल परीक्षणको १८.९१ प्रतिशत हुन आउँछ। यो तथ्यांकले हरेक ५.३ जनाको आर-टी पीसीआर परीक्षणमा एकमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै एक लाख २ हजार ९४० जनाको एन्टिजेन परीक्षण भएको छ। जसमध्ये १९ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ। जुन १९.२ प्रतिशत हो अर्थात प्रति ५.२१ जनाको एन्टिजेन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म पाँच लाख २७ हजार १११ संक्रमणमुक्त भएका छन्। जो आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरटी-पीसीआर परीक्षणका आधारमा गरेको तथ्यांक विश्लेषण अनुसार ८६.९ प्रतिशत संक्रमण मुक्त भएका छन्।

त्यस्तै हालसम्म ८ हजार ३६६ जना संक्रमितको मृत्यु भएको छ। जुन आरटी-पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएका मध्ये १.६ प्रतिशत हो। त्यस्तै यो मृत्युदर प्रति १० लाख २८७.१ हो।  

कति छन् सक्रिय संक्रमित?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका मध्ये ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेको छन्।

सक्रिय संक्रमित मध्ये बागमती प्रदेशमा मात्र २७ हजार २९७ जना छन्। जुन कुल सक्रिय संक्रमितको ३८.३ प्रतिशत हो। त्यस्तै लुम्बिनी प्रदेशमा १५.८ प्रतिशत अर्थात ११ हजार २५६ जना सक्रिय संक्रमित छन्। त्यस्तै प्रदेश १ मा १२.७ प्रतिशत अर्थात ९ हजार ४६, गण्डकीमा १०.१ प्रतिशत (७१९४), प्रदेश २ मा ९.२ प्रतिशत (६५५३), सुदुरपश्चिममा ८.६ प्रतिशत (६१५८) र कर्णालीमा ५.३  प्रतिशत (३७९७) जना सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमित मध्ये सक्रिय संक्रमित ९२.५ प्रतिशत होम आइसोलेसनमा रहेका छन्। ७.५ प्रतिशत मात्र संस्थागत आइसोलेसन/अस्पतालमा उपचाररत रहेका छन्। अस्पतालमा उपचाररत संक्रमित मध्ये एक हजार २०६ जना आइसीयु र ३७३ जना भेन्टिलेटरमा रहेको तथ्यांक छ।

कुन जिल्लामा कति छन् सक्रिय संक्रमित?

७७ जिल्ला मध्ये हाल ४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो तथ्यांक अनुसार प्रदेश १ का ३, प्रदेश २ का सबै ८, बागमतीमा १२, गण्डकीमा ४,  लुम्बिनीमा ९, कर्णालीमा २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्। जसमध्ये प्रदेश १ का पाँच (उदयपुर, संखुवासभा, धनकुटा, खोटाङ, र ओखलढुंगा), बागमतीको १ (रसुवा), गण्डकीका तीन (स्याङ्जा, पर्वत र म्याग्दी), लुम्बिनीको एक (अर्घाखाँची), कर्णालीका सल्यान, जाजरकोट र रुकुम पश्चिम गरी तीन र सुदुरपश्चिमको १ जिल्ला दार्चुलामा २०० बढी सक्रिय संक्रमित छन्।

त्यस्तै १०० भन्दा कम सक्रिय संक्रमित रहेका जिल्लाहरु ७ मात्र छन्। सबै भन्दा कम लुम्बिनीको रुकुम पूर्वमा ३ जना सक्रिय संक्रमित छन्। त्यस्तै सुदुरपश्चिम प्रदेशको बझाङमा १४ र बाजुरामा ५ जना सक्रिय संक्रमित छन्। कर्णाली प्रदेशका हुम्लामा १३, मुगुमा ७, डोल्पामा १० जना मात्र सक्रिय संक्रमित छन्। त्यस्तै गण्डकी प्रदेशको मुस्ताङमा ३२ जना सक्रिय संक्रमित छन्।

८ जिल्लामा दुई हजार भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये काठमाडौंमा ९ हजार २२९, ललितपुरमा ३ हजार ७४४, मोरङमा २ हजार ८४३, रुपन्देहीमा २ हजार ७८०, भक्तपुरमा २ हजार ७१०, कैलालीमा २ हजार २६६, झापामा २ हजार ११४ र धनुषामा २ हजार २१ जना सक्रिय संक्रमित छन्। १५ जिल्लामा एक हजार देखि २००० को बीचमा सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  यो संक्रमणको अवस्था आरटी-पीसीआर परीक्षणबाट पुष्टि भएको संक्रमणको तथ्यांकको आधारमा रहेकोसमेत मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell