PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड



पहिलोपोस्ट

युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड
फोटो: यूईएफए

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेल्स र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा ब्रिल इम्बोलोको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो। यद्यपि ७४ औं मिनेटमा किफर मोरेले वेल्सका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा रोकियो।

समूह 'ए' वेल्स र स्वीजरल्याण्डसहित इटली र टर्की छन्। प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई हराउँदै ३ अंक जोडेको इटली शीर्षस्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell