PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले गरे दुई निर्णय



पहिलोपोस्ट

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले गरे दुई निर्णय

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई निर्णय लिएका छन्। शनिवार मुख्यमन्त्री पदको शपथ लिएपछि पोखरेलले दुई वटा निर्णय गरेका हुन्।

उनले मनसुनको विपद्बाट हुने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुन्। त्यस्तै, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय समेत गरेका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पोखरेल शनिवार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। बिहीवार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell