PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सांसद नरोत्तम वैद्यविरुद्ध भक्तपुरमा अनेरास्ववियुको प्रदर्शन



पहिलोपोस्ट

सांसद नरोत्तम वैद्यविरुद्ध भक्तपुरमा अनेरास्ववियुको प्रदर्शन

भक्तपुर : वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको हत्या गर्न दिएको धम्कीविरुद्ध अनेरास्ववियु भक्तपुरले शनिवार प्रदर्शन गरेको हो।

वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा शुक्रवार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से झै आफू बन्न तयार रहेको बताएका थिए।

विरोध प्रदर्शनमा अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य दिपेश विसुन्के, केन्द्रीय सदस्य नवीन शर्मा, नगर सचिव श्रीकृष्ण थापा लगायत विद्यार्थीहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell