PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भारतमा ७१ दिन यताकै सबैभन्दा कम संक्रमित रेकर्ड, ३ हजारभन्दा बढीले गुमाए ज्यान



पहिलोपोस्ट

भारतमा ७१ दिन यताकै सबैभन्दा कम संक्रमित रेकर्ड, ३ हजारभन्दा बढीले गुमाए ज्यान
PTI

भारतमा २४ घन्टामा ८० हजार ८ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। एकै दिन भारतमा १ लाख ३२ हजार ६२ जना संक्रमणमुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै न्युज एजेन्सी एएनआईले जनाएको छ।

यस अवधिमा भारतमा ३ हजार ३ सय ३ जनाको मृत्यु भएको छ संक्रमणकै क्रममा। भारतमा गएको ७१ दिन यताको सबैभन्दा कम संक्रमण हो यो चैबीस घन्टामा भेटिएको। भारतमा दैनिक ४.२५ प्रतिशत दैनिक संक्रमित भेटिएका हुन्। पछिल्लो २० दिनमा यो दर लगातार १० प्रतिशतभन्दा तल रहन सकेको छ। 

भारतमा अहिले कोभिड १९ को १० लाख २६ हजार १ सय ५९ एक्टिभ केस रहेको छ। भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ जनामा कोभिड १९ विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell