PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सिथि कुमारको महास्नान, न्हू घ:मा यस्तो देखियो 'न्हवँ' को दृश्य

सिथि कुमारको महास्नान, न्हू घ:मा यस्तो देखियो 'न्हवँ' को दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमडौंको न्हू घ: मा सिथि कुमारको न्हवँ (महास्नान) गरिएको छ। प्रत्येक बर्ष ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) तृतीयाको दिनमा सिथिकुमार देवताको महास्नान गर्ने परम्परा रहेको छ।

गत वर्ष भने लकडाउनका कारण महास्नान गरिएको थिएन। कुमारको नित्य पूजा मात्रै गरिएको थियो। यसपटक भने गुठीका सीमित व्यक्तिहरुको उपस्थितिमा स्वास्थ्य मापदण्ढको पालना गर्दै न्हवँ मनाइएको छ।

आज गुठी घरमा रहेको रक्त वर्ण भएको, मयूरमा विराजमान धनुषधारी काठको सिथि कुमार मूर्तिलाई मन्दिर अगाडि डबलीमा राखेर महास्नान गराइएको थियो।

हाल दुई परिवार मिलेर सिथिद्य: पूजा गर्ने गुठी संचालन गरिरहेका छन्। ललितपुर  थसि (सिद्धिपुर) बाट नेम्कुल पूजारीहरु आएर सिथिद्य: को पूजा गर्ने परम्परा रहेको छ। चार दिनसम्म चल्ने जात्रामा बलम्बुबाट बाजा बजाउन आउने परम्परा समेत रहेको छ। यद्यपि, हाल सिथि कुमारको खट जात्रा भने हुँदैन। 



ट्रेन्डिङ पोस्ट

Ncell