PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित



पूजा पन्थी

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल : लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। नीति कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए।

आइतबार नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। उनले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।

विपक्षी दलहरु नीति कार्यक्रम असफल बनाउने रणनीतिमा रहे पनि सरकारको नीति कार्यक्रम भने पास भएको छ।

कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो।

दुर्गममा विशेषज्ञ सेवासहितको चिकित्सक खटाउनेदेखि आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउने सरकारको नीति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell