PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

'रोगबाट आफैँ जोगिनुस् र भोगबाट हामी बचाउँछौं' भन्दै कलाकारलाई दिइयो १२ लाख बराबरको राहत



पहिलोपोस्ट

'रोगबाट आफैँ जोगिनुस् र भोगबाट हामी बचाउँछौं' भन्दै कलाकारलाई दिइयो १२ लाख बराबरको राहत

काठमाडौं : निषेधाज्ञाबिच समस्यामा परेका कलाकारहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले १२ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। गत आइतवारदेखि सुरु भएको राहत वितरणको पहिलो चरणमा करिव ७ सय कलाकारलाई राहत दिइएको हो।

प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरूलाई खाद्यान्न सामाग्री वितरण गर्‍यो। प्रतिष्ठानले प्रत्येकलाई एक बोरा चामल, पाँच लिटर तेल, दाल, चिउरा, माक्स र स्यानिटाइजर उपलब्ध गरायो।

अभियानको पहिलो चरणमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा सम्पूर्ण सामग्री वितरण गराइएको अध्यक्ष रमेश बिजीले जानकारी दिए।

'राहतको पहिलो चरणमा नाम टिपाएका कलाकारहरूलाई राहत वितरण गरिसकेका छौँ। साथै छुटेकाहरूलाई पनि राहत दिने काम भइरहेको छ। अहिलेसम्म १२ लाख बराबरको सामान वितरण भयो,' बिजीले सुनाए।

'रोगबाट आफैँ जोगिनुस् र भोगबाट हामी बचाउछौं' भन्ने नारासहित यो अभियान सुरु भएको उनको कथन छ।  कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म प्रतिष्ठान केन्द्र र उपत्यका समन्वय समितिको संयुक्त यो अभियान चलिरहने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell