PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

पाल्पामा टिपर एकआपसमा जुधेर भिरबाट खस्दा एक जनाको मृत्यु, चारको अवस्था गम्भीर



पूजा पन्थी

पाल्पामा टिपर एकआपसमा जुधेर भिरबाट खस्दा एक जनाको मृत्यु, चारको अवस्था गम्भीर

बुटवल : पाल्पाको रिब्दीकोट गाउपालिका-२, लघुवा जोर्तेमा दुई वटा टिपर एकै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउपालिका-२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

यसैगरी घाइतेहरु सोही गाउँकै टिपर चालक ३८ वर्षीय अशोक कुँवर, ४२ वर्षीय रमा कुँवर, ललितपुरका २६ वर्षीय टिपर चालक राजेन्द्र बजगाई, नवलपरासी सुनवल-९, का २२ वर्षीय किसन कुँवर रहेको प्रहरीले जनाएको छ। घाइते चार जनाकै अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए। दुर्घटनामा घाइते भएका सबैलाई पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ।

बुटवलबाट गुल्मी जाँदै गरेका बा ४ ख ७३ २० र प्रदेश ३-०२ ००१ क ०२५० नम्बरको टिपर दुर्घटनामा परेको हो। बा ४ ख ७३२० नम्बरको टिपरले अर्को टिपरलाई ठक्कर दिँदा दुबै टिपर भीरबाट खसेका थिए। प्रत्यक्षदर्शी विनोद शर्माका अनुसार दुबै टिपर सिमेन्ट बोकेर गुल्मी जाँदै थिए। दुर्घटनाग्रस्त टिपर सडकदेखि झण्डै २ सय २० मिटर तल खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell