PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा, होटेल रेष्टुरेष्टलाई टेकअवेको अनुमति



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा, होटेल रेष्टुरेष्टलाई टेकअवेको अनुमति

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी  र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ। 

' एक साता निषेधाज्ञा थप भएको छ। केही क्षेत्रलाई खुकुलो बनाएका छौं। होटेल रेष्टुरेष्टको हकमा होम डेलिभरी र टेकअवे गर्न पाउनेछन्,' जिल्ला प्रशासन कार्यालय भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराइले भने।

यसअघि खाद्यान्न, फलफुल, तरकारी, दुध तथा माछामासुको पसलहरुलाई बिहान ११ बजेसम्मको लागि खोल्न अनुमति दिइएको थियो। निर्माणा सामाग्रीका पसल भने दिउँसो ४ बजेपछि मात्र खुल्न पाउने छन्।

कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell