PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कानुन व्यवसायीहरुले लगाए कोभिसिल्डको दोस्रो डोज

कानुन व्यवसायीहरुले लगाए कोभिसिल्डको दोस्रो डोज

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिएको छ। कोभिशिल्डको पहिलो डोज लगाएका कानुन व्यवसायीहरुलाई दोस्रो डोप लगाइएको हो।

सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका कानुन व्यवसायीहरुलाई दोस्रो डोज  उपलब्ध गराउन अन्तिरम आदेश दिएको थियो।

कोभिसिल्डको दोस्रो डोज लगाउन बिहानै देखि कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा लाइनमा बसेका थिए। आज एक दिनमात्रै खोप लगाउने भएकोले धेरै संख्यामा वकिलहरुको उपस्थिति थियो। जसकारण भौतिक दुरी पालना भएको थिएन। आजमात्रै करिब ७०० जना कानुन व्यवसायीले खोप लगाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell