PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

काठमाडौं महानगरभित्रका लक्षित समूहलाई भोलि र पर्सि भेरोसेल खोप लगाइदै



पहिलोपोस्ट

काठमाडौं महानगरभित्रका लक्षित समूहलाई भोलि र पर्सि भेरोसेल खोप लगाइदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले ६०-६१ वर्ष उमेर समूह लगायतका व्यक्तिहरुलाई कोभिड-१९ विरूद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सोमवार र मंगलवार विभिन्न अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।

महानगरपालिकाले रत्नपार्कस्थित वीर अस्पताल, महाराजगंजस्थित शिक्षण अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो। खोप कार्यक्रम बिहान १० वजेदेखि बेलुका ४ वजेसम्म सञ्चालन हुनेछ।

सो खोप कार्यक्रममा महानगरपालिकाभित्रका ६०-६१ वर्ष उमेर समूहका, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिडका बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नर्सिङ र पारामेडिक विद्यार्थी स्वास्थ्यकर्मी सहभागी हुन पाउने छन्।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा जेठ २८ र २९ गते लगाउने कार्यक्रम रहेकोमा विशेष कारणले स्थगित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell