PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मन्त्रीमण्डल समावेशी बनाउन भन्दै प्रदेश प्रमुखले लेखे मुख्यमन्त्रीलाई पत्र



पहिलोपोस्ट

मन्त्रीमण्डल समावेशी बनाउन भन्दै प्रदेश प्रमुखले लेखे मुख्यमन्त्रीलाई पत्र

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद् समावेशी बनाउन सुझाव दिँदै पत्र लेखेका छन्।

प्रदेश २ ले समावेशितामा नेतृत्वदायी भूमिका खेलेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै प्रदेश प्रमुख झाले आफू यस प्रदेशको प्रमुख मात्र नभई नागरिक समेत भएकोले मन्त्रिपरिषद्को पुनर्गठनमा समावेशिताको सन्दर्भमा मुख्यमन्त्रीलाई स्मरण गराउन ४ पृष्ठ लामो पत्र लेखेका हुन्।

प्रदेश प्रमुख झाले संविधानको धारा ४२ मा रहेको सामाजिक न्यायको हक अन्तर्गत सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाती, मधेसी, थारु, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तकृत, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था रहेकोले राज्यका हरेक निकाय र प्रक्रियामा अनिवार्य रुपमा अवलम्वन गरिनुपर्ने भन्दै स्मरण गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell