PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, ओली समूहका ७ सांसदको असहमति



पहिलोपोस्ट

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, ओली समूहका ७ सांसदको असहमति

कैलाली : एमालेको केपी शर्मा ओली समूहका सांसदको असहमतिकै बीच सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आज एमालेको माधव समूहका सांसदले संसदीय दलबाट ह्विप जारी गरेर नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन गरेको थियो। त्यसलाई अवज्ञा गर्ने अडान सकेका ओली समूहका ७ जना सांसदले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुँदा हुन्न भने पनि बहुमत संख्याका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे।

यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रतिपक्षी दल र एमालेको ओली समूहका सांसदले गतवर्षकै हुबहु कपी गरिएको र ‘रेडिमेड’को संज्ञा दिएका थिए। सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममा छुटेका कार्यक्रमहरू बजेटमा समावेश भएर आउने बताए।

उनले सबै सांसदका मागहरूको सम्बोधन हुने गरी र सदनमा उठेका प्रश्नलाई प्रतिनिधित्व गर्ने गरी बजेट ल्याइने समेत बताए। कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा देखिएको विगतको समस्यालाई सम्बोधन गर्नतर्फ प्रदेश सरकार आगामी दिनमा कटिबद्ध रहने भट्टको दाबी छ। अब सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सोही नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell