PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोभिड कहरबिच ब्राजिलमा सुरु हुँदै कोपा अमेरिका, आयोजकसँग भिड्ने भेनेजुएलाका १२ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

कोभिड कहरबिच ब्राजिलमा सुरु हुँदै कोपा अमेरिका,  आयोजकसँग भिड्ने भेनेजुएलाका १२ जनामा देखियो संक्रमण

दक्षिण अमेरिकी फुटबलको महासंग्राम कोपा अमेरिका भरे रातिबाट सुरु हुँदैछ। कोभिड महामारीले थलिएको ब्राजिलमा प्रतियोगिताको उद्घाटन खेलमा भोलि बिहान २: ४५ बजे घरेलु टोली ब्राजिल र भेनेजुएला आमनेसामने हुँदैछन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा खेलाडीसहित भेनेजुएला टिमको १२ जनामा कोभिड संक्रमण पुष्टी भएको छ। ब्रासिलियाको स्वास्थ्य सचिवको विज्ञप्तिमा १२ जनालाई कोभिड संक्रमण भएको र त्यसमा 'खेलाडी र अफिसियल' रहेको उल्लेख छ। त्यसमा ८ जना खेलाडी रहेको बताइएको छ।

'संक्रमितलाई लक्ष्यण देखिएको छैन। उनीहरुलाई आइसोलेट गरिएको छ। उनीहरुलाई कन्मेबोलका र स्थानीय स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको छ,' विज्ञप्तिमा भनिएको छ। त्यसबाहेक तीन जना बोलिभियाका खेलाडी कोभिड संक्रमित भइसकेका छन्।

कोभिडका कारण थलिएको ब्राजिलमा प्रतियोगिता निकै विवादमा परेको थियो। विवाद चुलिएर अदालतसम्म पुगेपछि अदालतले प्रतियोगिता सञ्चालनको अनुमति दिएको थियो।

प्रतियोगितामा १० टिमलाई दुई समूहमा बाँडिएको छ। पहिलो समूहमा ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला र पेरु रहेका छन् भने दोस्रो समूहमा अर्जेन्टिना, उरुग्वे, पाराग्वे, बोलिभिया र चिली रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell